अभिनेत्री ऋचा शर्मालाई पुत्रलाभ

Newslaya Home

अभिनेत्री ऋचा शर्मालाई पुत्रलाभ

बुधबार २३, भदौ २०७८

काठमाडौं । अभिनेत्री ऋचा शर्मालाई पुत्रलाभ भएको छ ।

गत वर्ष दीपेक्षविक्रम राणासँग विवाह गरेकी ऋचाले काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा बिहान ७ बजेर ५२ मिनेटमा छोरालाई जन्म दिएकी हुन् । अस्पतालका अनुसार शल्यक्रियापछि बच्चा जन्मिएको हो । बच्चाको तौल तीन किलो एक सय ग्राम छ ।

ऋचा पछिल्लो समय टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’मा निर्णायक सदस्य थिइन् । चिकित्सकको सल्लाह अनुसार नै गत साताको यो शोमा उनी उपस्थित भएकी थिइनन् ।