आज बुवाको मुख हेर्ने दिन

Newslaya Home

आज बुवाको मुख हेर्ने दिन

मङ्गलबार २२, भदौ २०७८

काठमाडौं । आज कुशे औंशी अर्थात् बुवाको मुख हेर्ने दिन । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज हिन्दू धर्मावलम्बीहरुले बुवाको मुख हेरेर र घर–घरमा कुश भित्र्याएर मनाउँदैछन् ।

छोराछोरीहरूले आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई सम्मान प्रकट गर्दछन् । बाबु नहुनेहरू बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

आजकै दिन ब्राह्मणद्वारा पूजा गरीएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता छ ।

हिन्दूहरुले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् ।