निर्देशक सुदर्शन थापाले सुप्रियासँग गरे इन्गेजमेन्ट

Newslaya Home

निर्देशक सुदर्शन थापाले सुप्रियासँग गरे इन्गेजमेन्ट

सोमबार २१, भदौ २०७८

काठमाण्डौ । निर्देशक सुदर्शन थापाले आज परेको आफ्नोे जन्मदिनको अवसरमा जीवनको नयाँ यात्रा सुरु गरेका छन् ।

सुदर्शनले आज मोडल तथा समाचार वाचिका सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरेका हुन् । सुदर्शन र सुप्रिया विगत ६ महिनादेखि प्रेम सम्बन्धमा थिए । सुदर्शन र सुप्रियाले काठमाडौंको एक होटलमा नजिकका आफन्तको उपस्थितीमा इन्गेजमेन्ट गरेका हुन् ।

सुदर्शन र सुप्रियाको बिहे भने असोजको २२ गते हुनेछ । सुप्रियाले दर्जनौ म्युजिक भिडियो र केही सिरियलमा पनि अभिनय गरेकी छिन् ।

सुप्रियाले ‘रातो टिका, नयनको बाटो, के यो माया हो, कर्मै खोटी, ब्यूटी नम्बर १, मरुभुमी, जब जब’ लगायतका गीतका भिडियोमा अभिनय गरेकी छिन् ।