प्रदेश १ मा अनलाइनबाटै सवारी दर्ता र नवीकरण गर्ने तयारी

Newslaya Home

प्रदेश १ मा अनलाइनबाटै सवारी दर्ता र नवीकरण गर्ने तयारी

मङ्गलबार १५, भदौ २०७८

काठमाडौं । प्रदेश १ सरकारले यातायात व्यवस्था कार्यालयका काम अनलाइन प्रणालीमार्फत गर्ने तयारी थालेको छ ।

कोरोना महामारीसँगै सुरु भएको विकल्पले कालान्तरसम्म पनि सेवाग्राहीलाई सुविधा दिने सोचसहित यातायात सम्बन्धी दर्तारनवीकरण लगायतका काम अनलाइनमार्फत नै गर्न लागेको प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी क्षितिश भट्टराईले बताएका छन् ।

चार पाङ्ग्रे सवारीका लागि हाल सफ्टवेयरको परीक्षण भइरहेको उनले बताए ।

भट्टराईका अनुसार यातायातसम्बन्धी अनलाइन सेवाको व्यवस्था वेब र मोबाइल एप दुवैमार्फत गरिनेछ । यद्यपि रकम भुक्तानीपछि भेरिफिकेसनको लागि भने एकपटक कार्यलय नै पुग्नुपर्ने भन्ने अवस्था चाहिँ हुनसक्ने उनले जनाए ।

अनलाइन भुक्तानीका लागि पनि पहल भने भइरहेको उनले बताए ।