आज क्वाँटी खाने दिन, यस्ता छन् क्वाँटीका फाइदा

Newslaya Home

आज क्वाँटी खाने दिन, यस्ता छन् क्वाँटीका फाइदा

आइतबार ०६, भदौ २०७८

यस वर्षको जनै पूर्णिमा आज मनाइँदैछ । जनै पूर्णिमामा मान्यजनबाट जनै तथा डोरो लगाउने परम्परा रहेको छ । साथै क्वाँटी खाने पर्वका रुपमा पनि यसलाई चित्रण गरिएको पाइन्छ ।

चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ लगायतका गेडागुडीलाई भिजाएर टुसाएपछि क्वाँटीको रुपमा पकाएर खाने चलन रही आएको छ ।

पोषणविदहरूका अनुसार, क्वाँटी खाँदा स्वास्थ्यलाई विशेष किसिमको फाइदा हुन्छ । ९ प्रकारका गेडागुडी मिसाएर बनाइने क्वाँटीको सेवनले शरीरको पाचन प्रणालीलाई सक्रिय बनाउने पोषणविद्हरू बताउँछन् ।

यस्ता छन् क्वाँटीका फाइदा

रेसादार खानेकुरा भएकाले कब्जियत हटाउँछ

पाचनशक्तिमा सुधार आउँछ

मधुमेह नियन्त्रणमा सहयोग गर्छ। तर मधुमेह भएकाले चिकित्सक तथा डाइटिसियनसँग भने एकपटक सल्लाह लिन आवश्यक छ।

उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ

कोलेस्टेरोल नियन्त्रणमा सहयोग गर्छ

शारीरिक र मानसिक स्वास्थ्यमा सुधार आउँछ

रोग प्रतिरोधात्मक शक्ति बढाउँछ

बालबालिका तथा वृद्धवृद्धाको कुपोषण हटाउन सहयोग गर्छ

स्मरणशक्ति वृद्धि गराउँछ

मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ

रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ

बच्चाहरूको वृद्धिविकासमा सहयोग पुर्‍याउँछ