जापानबाट थप दुई लाख ८० हजार डोज खोप काठमाण्डौ आइपुग्यो

Newslaya Home

जापानबाट थप दुई लाख ८० हजार डोज खोप काठमाण्डौ आइपुग्यो

शनिबार ०५, भदौ २०७८

काठमाण्डौ । जापानबाट थप दुई लाख ८० हजार डोज अस्ट्राजेनेका खोप आइपुगेको छ ।

कोभ्याक्स सुविधा अन्तर्गत जापानले दिएको खोपको दुई लाख ८० हजार मात्रा आज नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिए ।

१६ लाख डोजमध्ये आठ लाख बढी खोप यसअघि नै आइसकेको र अब बाँकी खोप सोमवारसम्म आइपुग्ने जनाइएको छ ।

अबको खोप प्रदेश–१ र २ मा कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइनेछ । त्यस्तै बाँकी रहेमा प्राथमिकताका आधारमा दिने सरकारको तयारी छ ।