सर्दु खोलामा अवैध रूपमा उत्खनन गरिरहेका दुई वटा ट्याक्टर नियन्त्रणमा

Newslaya Home

सर्दु खोलामा अवैध रूपमा उत्खनन गरिरहेका दुई वटा ट्याक्टर नियन्त्रणमा

आइतबार १७, साउन २०७८

धरान । अवैध रूपमा उत्खनन गरिरहेको अवस्थामा धरानको सर्दु खोलाबाट दुई वटा ट्याक्टर नियन्त्रणमा लिइएको छ।

धरान १७ स्थित धरान(चतरा सडक मार्गको सर्दु खोला पुलमुनि पिल्लर नजिकबाट अवैध रूपमा नदीजन्य पदार्थ रोडा, ढुङ्गा, गिटी, बालुवा उत्खनन गर्दै गरेको अवस्थामा सशस्त्र प्रहरी, इलाका प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले हिजो (शनिवार) बेलुका ५ बजे दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको हो।

नगर प्रहरीका अनुसार स १ त ५२९४ र को २ त ६५१४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि धरान उपमहानगरपालिकामा बुझाइएको छ । ट्याक्टर कसको भन्ने खुलिसकेको छैन । सशस्त्र प्रहरी, इलाका प्रहरी र नगर प्रहरीको संयुक्त टोलीलाई देखेपछि ट्याक्टरको चालक, सहचालक भने फरार भएको बताइएको छ ।

अवैध रूपमा खोला उत्खनन गर्ने जुनसुकै सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडी बढाइने सुरक्षा निकायले जनाएको छ । यसरी प्राकृतिक स्रोतको संरक्षणका लागि साधा पोसाकमा समेत सुरक्षाकर्मी खटिएको बुझिएको छ।