आफ्नै छोरीलाई बलात्कार गर्ने बुबा पक्राउ

Newslaya Home

आफ्नै छोरीलाई बलात्कार गर्ने बुबा पक्राउ

आइतबार १७, साउन २०७८

काठमाडौं । अर्घाखाँचीमा आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उनी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पाणेनी गाउँपालिका ८ बस्ने ४८ वर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ । ती पुरुषलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो ।

आफ्नै घर नजिकै रहेको जङ्गलमा घाँस काट्न गएको अवस्थामा ती पुरुषले छोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी पालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।