सामान्य अंकले बढेको शेयर बजारमा जलविद्युत कम्पनीमा बढ्दो आकर्षण

Newslaya Home

सामान्य अंकले बढेको शेयर बजारमा जलविद्युत कम्पनीमा बढ्दो आकर्षण

आइतबार १७, साउन २०७८

काठमाडौं । आइतबार(आज) नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।

आज नेप्से परिसूचक १.२५ अंक बढेर ३०८१.०५ विन्दुमा बन्द भएको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.२४ अंक, फ्लोट इण्डेक्स ०.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३८ अंक बढेको छ।

आज २२६ कम्पनीको १२ अर्ब १० करोड ३८ लाख रुपैयाँ बराबरको ३ करोड ३ लाख ४२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज ६ कम्पनीको शेयर १० प्रतिशत बढेको छ। यस दिन सिनर्जी पावर डेभलपमेन्ट, कालिका पावर, युनिभर्सल पावर, ग्रीनलाइफ हाइड्रो, घलेम्दी हाइड्रोपावर र जीवन विकास लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढेको हो। त्यसैगरी, अन्य ९ कम्पनीको शेयरमूल्य यस दिन ९ प्रतिशतभन्दा बढी बढेको छ।