घट्यो सुनको भाउ

Newslaya Home

घट्यो सुनको भाउ

आइतबार १७, साउन २०७८

काठमाडौं । आइतबार (आज) सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ५ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भरहेको छ ।

यस्तै आज चाँदीको मुल्य भने आज स्थिर रहेको छ । शुक्रबार प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज सोही मुल्यमा खरिद बिक्रि भएको महासंघले जनाएको छ ।