विदेश जान लागेका सुनसरीका नागरिकलाई इनरुवा अस्पतालमा कोरोना विरुद्धको खोप लगाइँदै

Newslaya Home

विदेश जान लागेका सुनसरीका नागरिकलाई इनरुवा अस्पतालमा कोरोना विरुद्धको खोप लगाइँदै

आइतबार १७, साउन २०७८

इटहरी । विदेश जान लागेका सुनसरीका नागरिकहरूलाई आज र भोलि जिल्ला अस्पताल इनरुवामा कोरोना विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाईदैछ ।

स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँलेका अनुसार एक मात्रा लगाए पुग्ने जोनसन एण्ड जोनसन खोप विदेश जानेहरुले राहदानीको फोटोकपी र भिसाको फोटोकपी सहित उपस्थित भई जिल्ला अस्पताल इनरुवामा लगाउन सक्नेछन् ।

साउन १७ र १८ गते बिहान साढे १० बजेदेखि अपराह्न ४ बजेसम्म खोप लगाउन पाउनेछन् । केही मात्रा अमेरिकन खोप जोनसन एण्ड जोनसन सुनसरी आइपुगेकाले विदेश जानेहरूलाई खोप अनिवार्य गरिएकोले उनीहरूलाई लक्षित गरी यो खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।