कोरोनाबाट पछिल्लो तीन सातामा विदेशमा ३९ नेपालीको मृत्यु

Newslaya Home

कोरोनाबाट पछिल्लो तीन सातामा विदेशमा ३९ नेपालीको मृत्यु

आइतबार १७, साउन २०७८

काठमाडौं । पछिल्लो तीन सातामा विदेशमा कोरोना संक्रमणबाट ३९ नेपालीको मृत्यु भएको छ । जसमध्ये मलेसियामा मात्र ३७ जना रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जानकारी दिएको छ । बाँकी दुई जना भने युगान्डा र इराकमा रहेका छन् ।

संघका अनुसार हालसम्म कोरोना भाइरसबाट विभिन्न देशमा रहेका ४८६ जना नेपालीको संक्रमणबाट ज्यान गइसकेको छ ।

विश्वका ५४ देशमा रहेका १ लाख २७ हजार ९३४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको संघले जनाएको छ । संक्रमितमध्ये १ लाख १७ हजार ५२९ जना संक्रमणमुक्त भइसकेका छन् ।

पछिल्लो समय मलेसिया र भारतमा रहेका नेपालीमा कोरोना संक्रमण बढिरहेको छ ।