एमसीसी खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

Newslaya Home

एमसीसी खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

शनिबार १६, साउन २०७८

काठमाडौँ । अमेरिकी मिल्लेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राष्ट्रको हितमा नभएको भन्दै विरोध प्रदर्शन भएको छ ।

स्वतन्त्र राष्ट्रिय अभियान नेपालले शनिबार काठमाडौँको माइतीघरमा एमसीसी खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

उनीहरुले एमसीसी राष्ट्रको हितमा नरहेको भन्दै यसलाई खारेज गर्नुपर्ने बताए । प्रदर्शनकारीले एमसीसी चाइँदैन आमा बेच्न पाइँदैन, राष्ट्रघातीहरु होसियार, एमसीसी सांसदहरु होसियार लगायतका व्यानर प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागीहरुले एमसीसी अहिलेको प्राथमिकता नभएको भन्दै विरोध गरेको बताए ।

उनीहरुले एमसीसीलाई अघि बढाए चुप लागेर नबस्ने चेतावनी पनि दिएका छन् ।