हास्य अभिनेता किरण केसीलाई वासुदेव विद्यादेव लुइँटेल पुरस्कार

Newslaya Home

हास्य अभिनेता किरण केसीलाई वासुदेव विद्यादेव लुइँटेल पुरस्कार

शनिबार १६, साउन २०७८

काठमाडौं । लोकप्रिय हास्य अभिनेता किरण केसीलाई वासुदेव विद्यादेव लुइँटेल गुठीले पुरस्कृत गर्ने भएको छ ।

अभिनेता केसीलाई गुठीले २०७७ सालको हास्य व्यङ्ग्य अभिनयतर्फको पुरस्कार प्रदान गर्न लागेको हो । गुठीका अध्यक्ष डा.सुषमा आचार्यको अध्यक्षतामा शुक्रवार बसेको कार्य मितिको बैठकले गुठीका पुरस्कारहरूको निर्णय गरेको हो ।

गुठीका अनुसार पुरस्कारको राशी १ लाख ११ हजा १ सय ११ रुपैयाँ रहेको छ ।

लामो समयदेखि कलाकारिता क्षेत्रमा सक्रिय कलाकार किरण केसीले यसअघि राष्ट्रपति विद्यादेवी भण्डकारबाट पनि पदक पाइसकेका छन् ।