विजय शाहीले ‘फर्मुला’ सिकाउने नाममा लाखौं ठगेको आरोप

Newslaya Home

विजय शाहीले ‘फर्मुला’ सिकाउने नाममा लाखौं ठगेको आरोप

शुक्रबार १५, साउन २०७८

सुर्खेत । आफूलाई मेमोरी किङ भन्ने कालीकोटका विजय शाहीले एक सय ४० जनाभन्दा बढी युवासँग ५–५ हजार रुपैयाका दरले पैसा उठाएर ठगेका छन् । उनले पैसा लिएर फर्मुला नसिकाएको युवाहरुको आरोप छ ।

विजयले ‘शाही इन्ष्टिच्यूट अफ मेमोरी’ नामक कम्पनी दर्ता गरेर एकैछिनमा सिंगै किताब कन्ठस्त पार्ने फर्मुला सिकाउने प्रचार गराएका थिए । लोकसेवा आयोगमा नाम निकाल्ने सपना देखेका युवाहरूले पैसा तिरेर पनि फर्मुला सिक्न नपाएको गुनासोा गरे ।

९ घन्टाको कोर्सका लागि भनेर सो शुल्क लिइएपनि एक दिन बोलाएर ३ घन्टासम्म पद्मासन गराइ फर्काइएको उनले बताए । केही सहभागिहरुलाई फर्मुला सिकाइएपनि काम नलागेको बताएका छन् ।

उनले समुह नै बनाएर प्रचारप्रसार गर्ने, पैसा उठाउने गरेका थिए । यस सम्बन्धमा अहिलेसम्म कतै उजुरी भने परेको छैन । केही दिनमा नै पैसा फर्काइदिने भन्दै उनको समुहले भनेपछि उजुरी नपरेको अनुमान गरिएको छ ।

यसैबिच शाहीको मृत्यु भएको भन्दै अफवाह फैलाउने उनका शिक्षक दिपबहादुर शाही विद्यालयमा नियमित नआएपछि विद्यालय लगायत वडा कार्यालयले कारवाहीको प्रक्रिया अघि बढाएको छ । शाहीका नातेदारसमेत पर्ने दीपबहादुरले विजयको मृत्यु भएको भनेर पोष्ट गरेका थिए । सोको कारण बारे भने खुलिसकेको छैन ।

यस्तै ‘दुइ महिनाका लागि अहिले विजयसहित सातजनाको टोली जंगलतिर लागेको समेत हल्ला चलेको छ । केही दिनअघि एक जना विदेशी नागरिकले उनको स्मरणशक्ति क्षमतामा प्रश्न उठाउँदै उनले मानिसहरुलाई ठग्ने गरेको खुलासा गरेका थिए । त्यसयता शाहीको आलोचना हुँदै आएको छ भने मानिसहरुले मजाक उडाउँदै आएका छन् ।