यी हुन् कोरोना संक्रमणको अति उच्च जोखिममा रहेका १७ जिल्ला

Newslaya Home

यी हुन् कोरोना संक्रमणको अति उच्च जोखिममा रहेका १७ जिल्ला

बिहीबार १४, साउन २०७८

काठमाडौं । नेपालमा खोप अभियान जारी रहेकै बेला संक्रमणदर बढेर २४.२ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जब कि साउन ५ गते संक्रमणदर २०.७ प्रतिशत मात्र थियो ।

सरकारले १७ जिल्लालाई अति उच्च जोखिम क्षेत्रमा राखेको छ। जसमा झापा, सिरहा, धनुषा, महोत्तरी, रौतहट, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, डोटी, अछाम र बाजुरा छन् । यस्तै २२ जिल्ला उच्च जोखिम क्षेत्रमा परेका छन् । जसमा मोरङ, सप्तरी, सर्लाही, पर्सा, सिन्धुपाल्चोक, धादिङ, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कास्की, स्याङजा, दाङ, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कालिकोट र बझाङ परेका छन् ।

खोप जतिसक्यो चाँडै लगाउनुपर्ने विज्ञको सुझाव छ । डा. अधिकारीका अनुसार हालसम्म मुलुकभर ८८ लाख ८२ हजार ८ सय ५० डोज प्राप्त भएको छ। त्यसमध्ये ५० लाख ४७ हजार ३ सय ५५ डोज प्रयोग भइसकेको छ । ३५ लाख ४४ हजार ४३ जना व्यक्तिले एक डोज खोप लगाइसकेका छन् । १५ लाख ३ हजार ३ सय १२ जनाले पूर्णडोज लगाइसकेको डा. अधिकारीले बताए ।

मुलुकभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ सय ४४ छ। होम आइसोलेसनमा २६ हजार ६ सय ५२ जना छन्। संस्थागत आइसोलेसनमा २ हजार ७ सय ९२ जना उपचाररत छन्। अस्पताल र आइसोलेसन सेन्टरमा उपचाररतमध्ये ६ सय ११ जना सघन उपचार कक्ष ९आईसीयू०मा छन् भने १ सय ६८ जना भेन्टिलेटरमा। क्वारेन्टाइनमा ३ सय ४९ जना रहेको मन्त्रालयले जनाएको छ।