कक्षा १२ का परीक्षार्थीलाई खोप व्यवस्था गर्न निर्देशन

Newslaya Home

कक्षा १२ का परीक्षार्थीलाई खोप व्यवस्था गर्न निर्देशन

बिहीबार १४, साउन २०७८

काठमाडौं । कक्षा १२ का परिक्षार्थीलाई कोरोनाविरुद्ध खोप व्यवस्था गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । आगामी ३१ साउनदेखि हुने कक्षा १२ परीक्षामा सहभागी विद्यार्थीलाई खोप उपलब्ध गराउन निर्देशन दिएको हो ।

समितिले छुट्टै कोठामा परीक्षा लिने र दिन नसक्ने संक्रमितका लागि पछि छुट्टै परीक्षा दिने व्यवस्था गर्न पनि सुझाव दिएको छ । परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी राख्न, परीक्षा केन्द्रमा स्वास्थ्य मापदण्ड अपनाउन निर्देशन दिइएको छ ।

कोरोना संक्रमण जोखिम ख्याल गरेर यसपटक होम सेन्टरबाटै परीक्षा लिने तय भएको जनाइएको छ । बोर्डले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गर्ने तयारी थालेको हो ।