थप ३,८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

Newslaya Home

थप ३,८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

बुधबार १३, साउन २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २,६३४ र ४,९२२ एन्टिजेन परीक्षणमा १,२०६ जना गरी ३,८४० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै ३३ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।