विजय शाहीको मृत्युको खबर झुटो भएको पुष्टि

Newslaya Home

विजय शाहीको मृत्युको खबर झुटो भएको पुष्टि

मङ्गलबार १२, साउन २०७८

काठमाडौं । मेमोरी किंगको दावी गरेर चर्चामा आएका विजय शाहीको मृत्युको खबर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सामाजि सञ्जालमा पोष्ट गरेर कति जनाले त श्रद्धान्जलिनै दिन भ्याइसके । तर, प्रहरीले भने शाहीलाई कालिकोटस्थित उनकै घरमा फेला पारेको छ ।

कालिकोट जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहीले विजय शाहीको मृत्युको हल्ला झुटो भएको बताए ।

सामान्य विरामी भएर अस्पताल गएका शाही आफ्नो महावै गाउँपालिका वडा नं. ५ स्थित घरमा आइसकेका छन् ।

‘मैले गाउँमा सम्पर्क गरेको थिएँ । सामाजिक सञ्जालमा आएको कुरा झुटो रहेछ ।’ उनले भने, ‘उनी अहिले घर आइपुगेका छन् ।

विजय शाहीका शिक्षक दिपकबहादुर शाहीले सुरुमा फोटो सहितको खबर फेसबुकमा हालेका थिए । अस्पताल लैजाँदा लैजाँदै विजयको निधन भएको उनले उल्लेख गरेका थिए । त्यही पोष्टका आधारमा धेरैले विजय शाहीलाई श्रद्धान्जली दिन भ्याए । शाही भने सामान्य अस्वस्थ मात्रै भएको प्रहरीले जनाएको छ ।