खोटाङमा भरुवा बन्दुकसहित वडा सदस्यलगायत तीन जना पक्राउ

Newslaya Home

खोटाङमा भरुवा बन्दुकसहित वडा सदस्यलगायत तीन जना पक्राउ

मङ्गलबार १२, साउन २०७८

खोटाङ । खोटाङमा भरुवा बन्दुकसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको रुपाकोट मझूवागढी नगरपालिका १० का वडा सदस्य ५९ वर्षीय पर्शुराम बानियाँसहित तीन जना रहेका छन् ।

वडा सदस्य बानियाँसहित सोही स्थान बस्ने ३३ वर्षीय मिलन बाँनिया र मदनबहादुर बाँनियालाई हातहतियार र भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी उमेश लम्सालले जानकारी दिए ।

अवैध हातहतियार तथा खरखजना लुकाइ राखेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

पर्शुरामको घरबाट एकनाल भरुवा बन्दुक, मदन बानियाँको घरबाट छर्रा, बारुद लोड गरेको अवस्थाको भरुवा बन्दुक नाल एक थान र मिलन बाँनियाको घरबाट बारुद लोड गरेको अवस्थाको भरुवा बन्दुक १ थान बरामद भएको डीएसपी लम्सालले जानकारी दिए ।