साउदीमा दुर्घटना हुँदा धनकुटाका एक युवकको मृत्यु

Newslaya Home

साउदीमा दुर्घटना हुँदा धनकुटाका एक युवकको मृत्यु

मङ्गलबार १२, साउन २०७८

धनकुटा । साउदी अरबको अलहासामा गाडी दुर्घटना हुँदा धनकुटाका एक युवाको मृत्यु भएको छ । दुग्धजन्य सामाग्री ढुवानी गर्ने गाडी दुर्घटनामा परी धनकुटा नगरपालिका–१ निगालेका ३५ बर्षीय सोजिन्द्र राईको मृत्यु भएको हो ।

घटना गत शनिबारको हो । राती करिब ८ बजे दुग्धजन्य सामाग्री पुर्याउँन जाँदै गर्दा उँटसँग ठोक्किएर गाडी दुर्घटना भएको बताइएको छ । तीन बर्ष अघि साउदी गएका राई गाडीमा चालकको काम गर्दै आएका थिए । उनी आफैले गाडी कुदाएका बेला दुर्घटना भएको हो ।

दुर्घटनामा परी उनको घटनास्थलमै मृत्यु भएको त्यहाँ रहेका नेपालीहरुले जनाएका छन् । उनीसँगै बस्दै आएका साथीहरुले मृतकका आफन्तलाई घटनाको विषयमा जानकारी गराएका हुन् ।

दुर्घटनामा परी एक जना घाइते भएका छन् । उनको उपचार भइरहेको छ । मृतक राईको शव स्थानीय अस्पतालमा रहेको र नेपाल ल्याउँन पहल भइरहेको वैदेशिक रोजगारीमा रहेका मृतकका छिमेकी बावुराम तितुङले जानकारी दिए । मृतक राईका श्रीमतीसहित ११ बर्षीय एक छोरा छन् ।