चम्सुरीलाई मिर्गौला दिन ५ जना आफन्त तयार

Newslaya Home

चम्सुरीलाई मिर्गौला दिन ५ जना आफन्त तयार

शनिबार ०९, साउन २०७८

काठमाण्डु । हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’लाई पाँच जना आफन्तले मिर्गौला दिने इच्छा देखाएका छन् ।

टेलिसिरियल ‘मेरी बास्सै’ मा ‘चम्सुरी’ नामक पात्रबाट चर्चामा आएकी कलाकार डंगोल दुवै मिर्गौला फेल भएर हाल उपचाररत छिन् ।

कलाकार डंगोलले आफुलाई अन्य सहयोग भन्दा पनि यतिबेला मिर्गौलाको नै आवश्यकता रहेको बताएकी थिइन् ।

नेपालको कानूनले आफन्तलाई मात्र मिर्गौला दान गर्न अनुमति दिएको हुँदा ५ जना आफन्तहरुले इच्छा देखाएका हुन् । म्याच भएमा उनको छिट्टै नै मिर्गौला प्रत्यारोपण गर्ने पारिवारिक तयारी रहेको छ ।