कमेडी च्याम्पियनका भरतमणि पौडेललाई ताप्लेजुङबाट पुरस्कार घोषणा

Newslaya Home

कमेडी च्याम्पियनका भरतमणि पौडेललाई ताप्लेजुङबाट पुरस्कार घोषणा

बिहीबार ०७, साउन २०७८

ताप्लेजुङ । कमेडी च्याम्पियन सिजन–२ का प्रतिस्पर्धी रहेका ताप्लेजुङका भरतमणि पौडेललाई गृह जिल्लाबासीले पुरस्कार घोषणा गरेका छन्।

पौडेलका लागि ६ लाख रुपैयाँ राशिको पुरस्कार घोषणा गरिएको हो।

ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य, नेकपा एमाले पार्टीका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईको समन्वयमा कलाकार पौडेललाई प्रोत्साहन गर्नका लागि पुरस्कार घोषणा गरिएको हो।

भट्टराईले व्यक्तिगतरूपमा एक लाख रुपैयाँ, ताप्लेजुङ सरोकार समाजले दुई लाख रुपैयाँ, ताप्लेजुङ सरोकार केन्द्रले दुई लाख तथा रेडियो तमोरको तर्फबाट एक लाख रुपैयाँ गरी ६ लाखको पुरस्कार घोषणा गरिएको छ।

कलाकार पौडेल कमेडी च्याम्पियनको उत्कृष्ट ६ मा प्रतिस्पर्धा गरिरहेका छन्। पौडेललाई पुरस्कार च्याम्पियन यात्रा सकिएपछि प्रदान गरिनेछ।