ईदको दिन हिन्दू धर्ममाथि आक्रमण गरेको भन्दै भारतमा डा. बाबुराम भट्टराइको विरोध

Newslaya Home

ईदको दिन हिन्दू धर्ममाथि आक्रमण गरेको भन्दै भारतमा डा. बाबुराम भट्टराइको विरोध

बिहीबार ०७, साउन २०७८

काठमाडौं । ईदका दिन हिन्दू धर्मविरोधी ट्वीट गरेको भन्दै जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईको भारतमा तीव्र आलोचना भएको छ । त्यहाँका सञ्चारमाध्यमले समाचार नै प्रकाशन प्रशारण गरेकाा छन् ।

भट्टराईले हिजो इदको अवसरमा शुभकामना दिएका थिए । तर त्यसअघि उनले ट्विटरमा भारतको उत्तर प्रदेश (युपी)का मुख्यमन्त्री योगी आदित्यनाथको फोटो शेयर गरेका थिए ।

आदित्यनाथले गंगामा दुध चढाउँदै गरेको उक्त फोटोमा लेखिएको क्याप्सनलाईसमेत उनले स्क्रिनसट गरी ट्वीटरमा राखेका थिए । उक्त स्क्रिन सटमा लेखिएको थियो, ‘विश्वास खतरनाक कुरा हो, यसले तपाईंलाई दुध फालेर पिशाब पिउँन भन्छ ।’ नेता भट्टराईले भने फोटो सेयर गर्दै मेरा भारतीय सहपाठीहरुले गरेको प्रचार भन्दै लेखेका छन् ।

उनको यो ट्वीटलाई रिट्वीट गर्दै भारतीय नेताहरुले समेत विरोध जनाएका छन् ।