ओलीले भने : नेपाललाई दोस्रो अध्यक्ष दिन तयार छु, तर बहुमत दिँदैनौं, हामीलाई निकाल्ने खतरा छ’

Newslaya Home

ओलीले भने : नेपाललाई दोस्रो अध्यक्ष दिन तयार छु, तर बहुमत दिँदैनौं, हामीलाई निकाल्ने खतरा छ’

बिहीबार ०७, साउन २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका छन् । उनले नेपाललाई उपयुक्त हैसियत दिन तयार भएपनि नेपालले आफूहरुलाई पार्टीबाट निकाल्ने गरीको शक्ति खोजेको आरोप लगाए ।

उनले जेठ २ गतेअघिको अवस्थामा फर्केर आफूलाई अल्पमतमा पारी पार्टी निकाला गर्ने तयारी गरेकोले त्यसो हुन नदिने बताए ।

केन्द्रीय कमिटीको बुधबारको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी एकताका लागि आफू हदैसम्म लचिलो भएको बताउँदै १० बुँदे सहमति कार्यान्वयन गर्न पनि प्रतिबद्ध रहेको विचार व्यक्त गरे ।

केन्द्रीय कमिटीमा बहुमत आफूहरुलाई निकाल्न खोजेको ? भन्ने प्रश्न गर्दै ओलीले त्यो सम्भव नरहेको बताए ।

यसैबीच, एमालेले फ्लोर क्रस गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा कारबाही गर्न नपाउने संविधानको धारा ७६(५) लाई नै सच्याउन संविधान संशोधनका लागि एजेण्डा बनाउने निर्णय गरेको छ ।