धरानमा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु

Newslaya Home

धरानमा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु

बुधबार ०६, साउन २०७८

धरान । धरानमा कोरोना भाइरस संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररत धरान १५ की ४० वर्षीया सङ्क्रमित महिलाको आज बिहान मृत्यु भएको प्रतिष्ठानका सह प्रवक्ता डा.चूडामणि पोखरेलले जानकारी दिएका छन् ।

उनलाई असार ३० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या आएपछि असार ३१ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।