भीसा अवैध भएको भन्दै क्रिकेटर सन्दीपलाई बेलायतले नेपाल फिर्ता पठायो

Newslaya Home

भीसा अवैध भएको भन्दै क्रिकेटर सन्दीपलाई बेलायतले नेपाल फिर्ता पठायो

बुधबार ०६, साउन २०७८

लण्डन । नेपाली राष्ट्रिय टिमका खेलाडी सन्दीप लामिछानेले बेलायत छाडेका छन् । भिसा अवैध भएको भन्दै इंग्ल्याण्ड क्रिकेट बोर्डले नेपाल फर्किन आदेश दिएपछि सन्दीप नेपाल फर्किएका हुन् ।

बेलायतमा टी– २० क्रिकेट लिग खेल्न पुगेका सन्दीपको भीसा के कारण अवैध भएको हो भन्नेबारे खुलाइएको छैन । तत्काल नेपाल फर्किन आदेश दिइएपछि उनी एउटा पनि खेल नखेली नेपाल फर्केका हुन् ।

इंग्ल्यान्डमा आयोजना हुने टी– २० क्रिकेट लिग ‘द हन्ड्रेड’ खेल्न सन्दीप जुलाई ९ मा त्यहाँ पुगेका थिए । ६० हजार पाउन्डमा ओभल इन्भिन्सिबलमा आबद्ध भएका उनले २२ जुलाईमा पहिलो म्याच खेल्नुपर्ने थियो । ईंग्ल्यान्डमा पुगेर नियमानुसार सरकारले व्यवस्थापन गरेको होटमा ९ दिन क्वारेन्टाइन बसिसकेपछि सन्दीपको भिसामा समस्या देखाइएको थियो ।

सन्दीपसँग टायर फाइभ भिसा रहेको थियो । तर, ईसीबीले सो भिसालाई के कारणले अवैध भयो भन्ने नखुलाइएको सन्दीपले जानकारी दिएका छन् । उनले यो घटनापछि फेसबुकमा लेखेका छन्, ‘समय मात्रै खराब छ अहिले, तर चिन्ता नलिनुस, यो समय पनि एकदिन ठिक हुनेछ।