कांग्रेसले मनायो बिपी स्मृति दिवस

Newslaya Home

कांग्रेसले मनायो बिपी स्मृति दिवस

बुधबार ०६, साउन २०७८

काठमाडौं । नेपाली कांग्रेसले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ३९ औं स्मृति दिवस बुधवार मनाएको छ ।

प्रजातान्त्रिक आन्दोलनका शीर्ष पुरुष बिपीले नेपाली कांग्रेस पार्टीको स्थापना गरी राणा शासनको अन्त्य गर्न नेतृत्वदायी भूमिका खेलेका कारण इतिहासमा सम्झिइन्छन् । उनी २०१५ को आम निर्वाचनपछि पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।

स्मृति दिवसको अवसरमा देशका विभिन्न ठाउँहरुमा रहेका बिपी कोइरालाको शालिकमा माल्यार्पण गरिएको छ । सो अवसरमा नेताहरुले कोइरालाको राजनीतिक, साहित्यक एवं बहुआयामिक व्यक्तित्वमाथि चर्चा गरेका थिए ।