संगीत साधना प्रतिष्ठानले फेरी सुरु गर्यो ‘सप्तक’ श्रृङ्खला

Newslaya Home

संगीत साधना प्रतिष्ठानले फेरी सुरु गर्यो ‘सप्तक’ श्रृङ्खला

बुधबार ०६, साउन २०७८

इटहरी । इटहरीस्थित संगीत साधना प्रतिष्ठानले सांगीतिक कार्यक्रम ‘सप्तक’ को दोस्रो श्रृङ्खला सुरु गरेको छ ।

तीन वर्ष रोकिएपछि सुरु गरिएको यो कार्यक्रम अब प्रत्येक साता प्रतिष्ठानको आफ्नै भवनमा गरिने महासचिव राजु केसीले जानकारी दिए । दुई सय ८० श्रृङ्खलासम्म सञ्चालन भई कार्यक्रम रोकिएको थियो । सो अवधिमा धेरै ख्यातिप्राप्त कलाकारहरुले सहभागिता जनाएका छन् ।

पूर्वीय र पाश्चात्य शास्त्रीय संगीतको प्रवद्र्धन गर्ने र संगीत तथा समाजका बिचको रिक्तता हटाउने उद्देश्यले कार्यक्रम फेरी सुरु गरिएको हो ।

यसै साता सम्पन्न दोस्रो चरणको श्रृङ्खलाको पहिलो कार्यक्रममा वरिष्ठ संगीतकार गुरुदेव कामत, भ्वाइलिन वादक सुधाकर वस्ति र ६ वर्षीय भ्वाइलिन वादक बालक उज्जैन वस्तिले प्रस्तुती दिएका थिए । यस्तै नवगायकहरु ११ वर्षीय अङ्कुर भट्टराई, अमृता श्रेष्ठ, दावा तामाङ र भुमा अधिकारीले आफ्ना सुमधुर स्वरमा प्रस्तुत गरेका गीतहरुले उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए ।

वाद्यवादकहरु विदुर कार्की, जेम्स श्रेष्ठ, किसन श्रेष्ठ, शर्मिला सिग्देल, नवीन श्रेष्ठ, मणि गुरुङ, सुधाकर वस्ति र राजु केसीले पनि विभिन्न वाद्यवादनहरु बजाई प्रस्तुती दिएका थिए । कार्यक्रम इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।