नाइजेरियामा अपहरणमा परेका १०० जना महिला तथा बालबालिका मुक्त

Newslaya Home

नाइजेरियामा अपहरणमा परेका १०० जना महिला तथा बालबालिका मुक्त

बुधबार ०६, साउन २०७८

नाइजेरिया । डाँकुहरुले अपहरण गरेका एक सयजना महिला तथा बालबालिकालाई नाइजेरियाले स्वतन्त्र बनाएको छ । अधिकांश महिलाहरु शिशुहरुका आमा रहेको पनि नाइजेरियाका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

गएको जुन ८ मा जाम्फारा राज्यबाट डाकुहरुले अपहरण गरेका उनीहरुलाई उत्तर पश्चिमी क्षेत्रबाट स्वतन्त्र गरिएको नाइजेरिया सरकारले जनाएको छ।

महिला तथा बालबालिकालाई स्वतन्त्र गर्ने क्रममा भएको झडपमा चार जना मारिएको पनि नाइजेरियाका अधिकारीले बताएका छन्। अपहरणमा परेकाहरुलाई फिरौती रकम नतिरी रिहा गरिएको जाम्फारा राज्य सरकारले बताएको छ। तर उसले थप जानकारी भने दिएको छैन। सन् २०२० को डिसेम्बर यता नाइजेरियामा एक हजार जना भन्दा धेरै अपहरणमा परेका छन्।

अधिकांशलाई पछि छोडिएको छ तर त्यसका लागि फिरौति भने तिर्नु परेको बताइन्छ।