नेपाल आइडलबाट तीनै जना जज हुँदैछन् आउट, यस्तो छ कारण

Newslaya Home

नेपाल आइडलबाट तीनै जना जज हुँदैछन् आउट, यस्तो छ कारण

बुधबार ०६, साउन २०७८

इटहरी । नेपाल आइडलको नयाँ संस्करण सुरु हुने भएकोा छ । कोरोना महामारीका कारण रोकिएको नेपाल आइडल फेरी सुरु हुने भएको हो । तर नयाँँ नेपाल आइडलमा शो का तिनै जना निर्णायकहरु परिवर्तन हुनेछन् ।

यस अघि निर्णायकमा न्ह्यु ब्रजाचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी थिए । उनीहरुसँग तीन वर्षको सम्झौता गरेको र अन्य देशका आइडलहरुमाा समेत जजहरु बेलाबेला परिवर्तन हुने गरेकोले यो पटक परिवर्तन गर्न लागेको नेपाल आइडलले जनाएको छ ।

तर यसअघि नै तीनै जना निर्णायकहरु ग्यालेक्सी टिभीबाट सुरु हुन लागेको सारेगमप लिटल चाम्प्स नेपालमा जाने निश्चित भइसकेको थियो ।

तीन सिजनका लागि पाएको फ्रेन्चाइजको अनुमति सकिनुका साथै कोरोनाका कारण पनि चौथो सिजन सुरु गर्न ढिलाई भएको बताइएको छ । चौथो सिजनको अनुमती पाएकोले अब सुटिङ सुरु गरिने जनाएको छ ।