धनुषाको सबैलास्थित कमला नदीको बाँध पूरै भत्कियो

Newslaya Home

धनुषाको सबैलास्थित कमला नदीको बाँध पूरै भत्कियो

बुधबार ०६, साउन २०७८

जनकपुरधाम । सोमबार रातिको अविरल वर्षाका कारण भत्किन शुरु भएको धनुषाको सबैलास्थित कमला नदीको बाँध पूर्ण रुपमा भत्किएको छ । कमला नदीको पश्चिमतर्फको बाँध बुधबार बिहान पूर्ण रुपमा भत्किएको हो ।

बाँध भत्किन शुरु भएपछि सुरक्षाकर्मी तथा स्थानीय मिलेर नियन्त्रणको प्रयास गरेका थिए । तर प्रयास असफल भएको र बाँध भत्किएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।

उनका अनुसार बालुवा र मोटोको ढिस्को बनाएर बाँध निर्माण गरिएकाले भत्किएको हो । अब वर्षा भए सिधै गाउँतिर पानी छिर्ने भएको छ ।

यद्यपि प्रमुख जिल्ला अधिकारी बास्तोलाले बुधबारदेखि नै नदी नियन्त्रणको काम पूर्ण रुपमा हुन लागेको बताए ।