बीपीको कोभिड अस्पतालमा तोडफोड, संरचना बनाउने सहमतिपछि छुटे तोडफोडमा संलग्न

Newslaya Home

बीपीको कोभिड अस्पतालमा तोडफोड, संरचना बनाउने सहमतिपछि छुटे तोडफोडमा संलग्न

मङ्गलबार ०५, साउन २०७८

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पताल तोडफोड गर्ने नौ जना छुटेका छन् ।

धरान १७ की ५४ वर्षीय शान्ति तामाङको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि उनका आफन्तले कोभिड अस्पताल तोडफोड गरेका थिए ।

तोडफोड गर्ने नौ जनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरूलाई जनप्रतिनिधिहरूको रोहवरमा तोडफोडमा भएको भौतिक संरचनाहरू मर्मत गरिदिने सर्तमा पक्राउ परेकाहरू छुटेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।