दुई जलविद्युत्‌को आइपिओ खुल्यो

Newslaya Home

दुई जलविद्युत्‌को आइपिओ खुल्यो

मङ्गलबार ०५, साउन २०७८

काठमाडौँ । मंगलबार आयोजना प्रभावित स्थानीयवासीका लागि दुई जलविद्युत्‌को साधारण सेयर (आइपिओ) खुला गरिएको छ । मध्यभोटेकोशी जलविद्युत्‌ र तेह्रथुम पावर कम्पनीको आइपिओ खुलेको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई प्रतिसेयर १०० अंकित दरका कूल ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये ३० प्रतिशत अर्थात् १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं.५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरूका लागि छुटाइएको छ भने बाँकी ७० प्रतिशत अर्थात् ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई छुट्याइएको छ ।

तेह्रथुमले चार लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो ।