एचआईडीसीएलको हकप्रद सेयर बिक्री खुल्ला

Newslaya Home

एचआईडीसीएलको हकप्रद सेयर बिक्री खुल्ला

मङ्गलबार ०५, साउन २०७८

काठमाडौं । हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले आजदेखि ११ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुला गरेको छ ।

कम्पनीले एक बरारबर एक अनुपातमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । हकप्रदमा साउन २५ गतेसम्म आवेदन दिन सकिने छ ।

जेठ २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम कम्पनीका सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउने छन् । कम्पनीले हकप्रदका लागि गत जेठ २८ गते बुक क्लोज गरेको थियो ।

कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई तोकेको छ । हकप्रद भर्न मेरो सेयर, ग्लोबल आइएमई क्यापिटल र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट सकिने छ ।