एक नम्बर प्रदेशमा ८० प्रतिशत धान रोपाई

Newslaya Home

एक नम्बर प्रदेशमा ८० प्रतिशत धान रोपाई

- बाबुराम कार्की
सोमबार ०४, साउन २०७८

सुनसरी । साउनको पहिलो हप्तासम्म एक नम्वर प्रदेशमा ८० प्रतिशत धान रापाई भएकोे भुमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतिले वताए । उप्रेतिका अनुसार साउन ४ गते सम्म कुल क्षेत्रफलको ८० प्रतिशत रोपाई भएको छ ।

ताप्लेजुङ जील्लामा ८ हजार ८ सय ३७ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा ८५ प्रतिशतमा रोपाई भएको छ । सङ्खुवासभामा १४ हजार २ सय ८० हेक्टर क्षेत्रफलमा धानखेती हुने भएपनि ७० प्रतिशतमा रोपाई भएको छ । सोलुखुम्बु जिल्लामा १५ हजार हेक्टरमा धानखेती हुने भएपनि ९५ प्रतिशत रोपाई भएको छ ।

पाँचथर जील्लामा ११ हजा ५ सय हेक्टरमा धानखेती हुँदै अएकोमा श्रावणको पहिलो हप्तासम्म ७५ प्रतिशत रोपाई भएको छ । इलाममा १५ हजार ९ सय ९५ हेक्टरमा धान खेती हुने गरेकोमा ६५ प्रतिशत रोपाई भएको छ भने २० हजार ७ सय हेक्टर क्षेत्रफलमा धानखेती गरिने भोजपुरमा ८५ प्रतिशत रोपाई भइसकेको छ ।

तेह्रथुम जिल्लामा १० हजार १ सय ७५ हेक्टरमा धान खेती गरिदै आएकोमा ० प्रतिशत मात्रै रोपाई भइसकेको छ । ११ हजार दूई सय चार हेक्टर क्षेत्रफलमा धान खेती हुने धनकुटा जिल्लामा ७० प्रतिशत रोपाई भएको छ । उदयपुर जिल्लमा १४ हजा ७ सय पचास हेक्टक्षेत्रफलमा धानखेती हुने भएपनि ६५ प्रतिशतमा मात्रै रोपाई भएको छ । ओखलढुङ्गा जिल्लामा छ हजार छ सय ५ हेक्टर क्षेत्रफलमध्ये ६ प्रतिशत रोपाई भएको छ ।

खोटाङ जिल्लमा १५ हजार २ सय दूई हेक्टर क्षेत्रफलमा धानखेती हुने भएपनि ७५ प्रतिशतमा रोपाई भएको छ । झपा जिल्लामा ७ हजार पाच सय हेक्टर क्षेत्रफलमा धानखेती हुने भएपनि ८ प्रतिशतमा मात्रै रोपाई भएको छ । मोरङग जिल्लामा ७८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हँुदै आएकोमा ८० प्रतिशतमा मात्रै रोपाई भएको छ ।

गत वर्ष साउनको पहिलो हप्ता सम्म प्रदेश १ मा ८२ प्रतिशत स्थानमा रोपाई भएको भुमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतिले जानकारी दिए ।

यता सुनसरी जिल्लामा पनि अधिकतर स्थानमा धान रोपाई भएको सुनसरी ज्ञानकेन्द्रका प्रमूख नुनुलाल उराँउले बताए । उराँउका अनुसार सुनसरीमा ५३ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएकोमा यस वर्ष समयमै पानी परेकाले ८० प्रतिशत स्थानमा रोपाई भएको छ ।

तराईलाई अन्न भन्डारको राजधानी मानिन्छ । यस वर्ष समयमै धान रोप्न पाउँदा धानको उत्पादकत्वमा वृद्धि हुने किसानहरु बताउछन् ।