५ बुँदे माग राख्दै डा. केसीले दिए सत्याग्रह थाल्ने चेतावनी, वीपी प्रतिष्ठान सुधार पहिलो नम्बरमा

Newslaya Home

५ बुँदे माग राख्दै डा. केसीले दिए सत्याग्रह थाल्ने चेतावनी, वीपी प्रतिष्ठान सुधार पहिलो नम्बरमा

सोमबार ०४, साउन २०७८

काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि बारम्बार अनसन बस्दै आएका डा. गोविन्द केसीले नयाँ सरकारसँग ५ बुँदे माग राखेका छन् । माग पुरा नभए अनसन बस्ने चेतावनी दिएका छन् ।

डा. केसीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको पाँच बुँदे मागमध्ये पहिलो बुँदामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको आन्दोलनलाई समेटेका छन् । आन्दोलनकारीका सबै मागहरु पूरा गनुपर्ने उनको पहिलो माग छ । भ्रष्टाचार प्रमाणीत भएका पदाधिकारीलाई तत्काल पदमुक्त गर्न, राजनीतिक भागबण्डाका आधारमा नभइ योग्यता र क्षमताका आधारमा पदाधिकारी नियुक्त हुनुपर्ने उनको माग छ ।

चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुलाई धम्क्याउने, हस्तक्षेप गर्न खोज्ने व्यक्तिलाई कानुनअनुसार कारबाही गर्नुपर्ने, २०८५ सालदेखि मेडिकल शिक्षा गैरनाफामूलक हुने भनेर चिकित्सा शिक्षा ऐनमा किटानी भएकाले ती नीति कार्यान्वयनको तयारी तत्काल गर्नुपर्ने, आफूसँग विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने विषयलाई पनि डा केसीले अघि सारेका छन् ।