डाक्टरद्वारा वीपीका लेखा प्रमुखविरुद्ध उजुरी

Newslaya Home

डाक्टरद्वारा वीपीका लेखा प्रमुखविरुद्ध उजुरी

सोमबार ०४, साउन २०७८

धरान । गालीगलौज, धाकधम्की दिएको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आर्थिक महाशाखा प्रमुखविरुद्ध जाहेरी दर्ता गरिएको छ ।

महाशाखा प्रमुख कमल रायमाझीले प्रतिष्ठानमै डिएम अध्ययरत डा. विप्लव कार्कीलाई गालीगलौज गरेका थिए । आवास नछोडेको भन्दै र आक्रमणको प्रयास गरेको भन्दै कार्कीले प्रहरीमा दिएको जाहेरी प्रहरीले ढिलो गरि दर्ता गरेको हो ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जाहेरी दर्ता गरेर कानुनी प्रक्रियामा राखिएको जानकारी दिए । अभद्र व्यवहार मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने कानुनी व्यवस्था छ ।

सँगै आवास रहेका डा. कार्कीलाई रायमाझीले कोठा खोजेर स्थानान्तरण गराउन खोजेका थिए । तर डा. कार्कीले कोठा सर्न नमानेपछि विवाद भएको थियो । सो क्रममा दिरा सेवन गरेर धाकधम्की, गालीगलौज गरेको भन्दै जुनियर रेजिडेन्ट वेल्फेयर सोसाइटीले आन्दोलन घोषणा गरेको थियो ।