नोबेल मेडिकल कलेजले पायो मिर्गौला प्रत्यारोपण अनुमति

Newslaya Home

नोबेल मेडिकल कलेजले पायो मिर्गौला प्रत्यारोपण अनुमति

सोमबार ०४, साउन २०७८

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले मिर्गौला प्रत्यारोपण गर्न अनुमति पाएको छ ।

स्वास्थ्य सेवा विभागको अंग प्रत्यारोपण समन्वय समितिको साउन १ गते बसेको बैठकले अस्पताललाई मिर्गौला प्रत्यारोपण सम्बन्धि क्रियाकलाप संचालन अनुमति दिने निर्णय गरेको हो ।

यो अनुमतिपत्र दुई वर्षको लागि हो । त्यसपछि पुनः नवीकरण गर्नुपर्नेछ ।