बेलायतमा अत्याधिक गर्मी, खेल्दा खेल्दै क्रिकेटरको ज्यान गयो

Newslaya Home

बेलायतमा अत्याधिक गर्मी, खेल्दा खेल्दै क्रिकेटरको ज्यान गयो

सोमबार ०४, साउन २०७८

ऐजेन्सी । बेलायतमा शनिवार अत्याधिक गर्मी हुँदा एक जना खेलाडीको खेल अवधिमै ज्यान गएकोा छ । लु चलेको बेलामा क्रिकेट खेलिरहेका खेलाडीको मैदानमा ढलेर मृत्यु भएको हो

मक्सूद अनवर नामक ती खेलाडी बलिङ गर्दागर्दै बिरामी परेका थिए । अनवरले चार ओभर बलिङ गरेपछि छातीमा पीडा अनुभव गरेका थिए । त्यसपछि एम्बुलेन्स बोलाइएको थियो ।

उनले छाती दुख्दा हीट स्ट्रोक भनी बेवास्ता गरेका थिए तर पछि मैदानमै ढले ।

एम्बुलेन्समा आएका स्वास्थ्यकर्मीहरूले उनलाई हृदयघात भएको पुष्टि गरे । उनीहरूले उनलाई बचाउने प्रयास गरेको भए पनि निकै ढिलो भइसकेको थियो ।