झापामा बढी भाडा असुल्ने सवारीलाई कारबाही

Newslaya Home

झापामा बढी भाडा असुल्ने सवारीलाई कारबाही

सोमबार ०४, साउन २०७८

झापा । झापामा तोकिएको भन्दा बढी भाडा लिने सवारी साधनलाई कारवाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र यातायात ब्यवस्था कार्यालय मेचीको संयुक्त टोलीले मनपरी भाडा असुल्ने सवारीलाई कारबाही गरिएको हो ।

लामो दुरीका सवारीसाधनहरुले धेरै भाडा लिएको गुनासो आएपछि कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख एवम प्रहरी निरीक्षक निशेष चापागाईले बताए ।

३ वटा सवारीले ४ जना यात्रुबाट बढी भाडा लिएको पाइएकाले ती सवारीसाधनबाट ८ हजार ५ सय रुपैयाँ जरिवाना गरिएको ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले जानकारी दिए ।