प्रगतिशील लेखक संघ सुनसरीले कृष्णविनोद लम्सालसहित दुई जनालाई सम्मान गर्ने

Newslaya Home

प्रगतिशील लेखक संघ सुनसरीले कृष्णविनोद लम्सालसहित दुई जनालाई सम्मान गर्ने

शुक्रबार ०१, साउन २०७८

इटहरी । प्रगतिशील लेखक संघ सुनसरीले दुई स्रष्टालाई सम्मान गर्ने निर्णय गरेको छ।

यस वर्षको “प्रलेस सम्मान–२०७८” बाट वरिष्ठ साहित्यकार तथा अग्रज पत्रकार कृष्णविनोद लम्साललाई ११ हजार १ सय ११ को राशि पुरस्कारसहित सम्मान प्रदान गरिने भएको छ ।

यस्तै, “राजकुमार कार्की प्रगतिशील युवा साहित्य पुरस्कार–२०७८” बाट कवयित्री विमला पोखरेललाई ५ हजार ५ सय ५५ राशिको पुरस्कारसहित सम्मान प्रदान गर्ने निर्णय भएको छ ।

इटहरीका कृष्णविनोद लम्साल लामो समयदेखि नेपाली साहित्यमा निरन्तर योगदान दिदै आएका छन् । उनका कविता, कथा र उपन्यास गरी ६ पुस्तक प्रकाशित भएका छन् भने इनरुवाकी विमला पोखरेलका २ कविता कृतिहरु प्रकाशित भएका छन् ।

संघले प्रत्येक वर्ष प्रदान गर्दै आएको सो पुरस्कार आगामी २०७८ साल भदौं ५ गते शनिबार इटहरीमा कार्यक्रमको आयोजना गरि वितरण गरिनेछ । त्यसैगरी सोही कार्यक्रममा “पागलका कविता” सङ्ग्रहको समेत विमोचन गरिने संघका अध्यक्ष रामप्रसाद खरेलले जानकारी दिएका छन् ।