कोरोनाको तेस्रो लहर सुरु भएको डब्लुएचओको चेतावनी

Newslaya Home

कोरोनाको तेस्रो लहर सुरु भएको डब्लुएचओको चेतावनी

बिहीबार ३१, असार २०७८

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना महामारीको तेस्रो लहर सुरु भएको बताएको छ ।

बिहीबार(आज) डब्लुएचओका प्रमुख टेड्रोस अधानोम ग्रेब्रेयससले डेल्टा भेरिअन्टको संक्रमणबढेसँगै विश्व तेस्रो लहरको सुरुवाती चरणमा प्रवेश गरेको बताएका हुन् ।

पछिल्लो समय मानिसहरुको चहलपहल बढेसँगै संक्रमण बढ्न थालेको डब्लुएचओको निश्कर्ष छ । केही दिनयता संक्रमणदर र मृत्यु हुनेको संख्या बढ्न थालेको डब्लु एचओको भनाइ छ ।

डेल्टा भेरिअन्ट अहिले विश्वका १११ भन्दा बढी देशमा फैलिसकेको र यो नै प्रमुख भाइरसका रुपमा देखिने डब्लुएचओले जनाएको छ ।