ओरन्टो मल्टिट्रेड प्रा.लिद्वारा विपन्न परिवारलाई राहत वितरण

Newslaya Home

ओरन्टो मल्टिट्रेड प्रा.लिद्वारा विपन्न परिवारलाई राहत वितरण

मङ्गलबार ०१, असार २०७८

सुन्दरहरैँचा । ओरन्टो मल्टिट्रेड प्रा.लि.ले सुन्दरहरैँचा वडा नम्बर १ र ११ का ५० विपन्न परिवारलाई राहत वितरण गरेको छ । लकडाउनले दैनिक कामकाज गरेर पेट पाल्ने परिवार काम नहुँदा भोकै बस्न नपरोस् भन्ने उदेश्यका साथ विपन्न परिवारलाई राहत वितरण गरिएको संथाका सदस्य अनिल रायमाझी बताएका छन् ।

रायमाझीका अनुसार सुन्दरहरैचाका ५० परिवारलाई २५ केजि चामल, २ केजि दाल, २ लिटर तेल, नुन र साबुन वितरण गरीएको हो ।

एक गाउँ एक उत्पादन एक घर एक रोजगार एक बस्ती एक बिक्री केन्द्र मुल नारा लिएर युएईबाट स्थापित यो संस्थाले देश भरी विभिन्न सामाजीक काम गर्दै आएको छ । कोरोना महामारीले विश्व नै प्रभावीत भईरहेको बेला कोही परिवारमा खानाकै समस्या नहोस् भनेर अति विपन्न परिवारलाई सहयोग गरेको संस्थाका सुन्दरहरैचा संयोज काजिलाल भारतीले जानकारी दिए ।

संस्थाले देशका विभिन्न स्थानमा राहत सामाग्री वितरण गरेको भारतीले बताए । संस्थाले सुन्दरहरैचाका जनप्रतिनिधि र घरेलु तथा साना उद्योगको रोहवरमा राहत बितरण गरेको थियो । ओरन्टो मल्टिट्रेड प्रा.लि.मा २० हजार भन्दा धेरै मानिस आवद्ध छन् । यस संस्थाले कसरी रोजगारी सृजना गर्ने र धेरै भन्दा धेरै मानिसलाई राजगार बनाउने उदेश्य रहेको संस्थाका सदस्य अनिल रायमाझीले बताएका छन् ।

राहत कार्यक्रममा ओरेन्टो मुल्टिट्रेडबाट युबराज पैडेल, प्रकाश श्रेष्ठ दिप पोखरेल, सुरेस निरैला, कृष्ण दाहाल, अनिल रायमाझी, बबिन रायमाझी लगायतका सदस्य सहभागी रहेका थिए ।