२ हजार ७४५ जनामा कोरोना संक्रमण

Newslaya Home

२ हजार ७४५ जनामा कोरोना संक्रमण

मङ्गलबार ०१, असार २०७८

काठमाडौं । देशभर २ हजार ७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ७ हजार ४४९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६८१ जनामा र ५ हजार ८४१ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ६४ जनामा संक्रमण देखिएको हो।

यस्तै, संक्रमणका कारण थप ४१ जनाको मृत्यु भएको छ। हालसम्म देशभर ८ हजार ५०६ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा ४ हजार १८७ जना संक्रमण मुक्त भएका छन्। यससँगै देशभर कूल सक्रिय संक्रमितको संख्या ६३ हजार २५७ पुगेको छ।