प्रदेश १ सरकारले कर्मचारीलाई खाजा खर्च दिने

Newslaya Home

प्रदेश १ सरकारले कर्मचारीलाई खाजा खर्च दिने

मङ्गलबार ०१, असार २०७८

विराटनगर । प्रदेश १ सरकारले कर्मचारीहरुलाई खाजा खर्चको व्यवस्था गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै आर्थिक मामिला मन्त्री आङ्बोहाङ्गले कर्मचारीलाई हाजिरीका आधारमा खाजा खर्च उपलब्ध गराउने घोषणा गरेका हुन् ।

कर्मचारीहरुको प्रोत्साहनका लागि साउन १ गतेबाट हाजिर भएको दिनको आधारमा १ सय रुपैयाँ खाजा खर्चको व्यवस्था गरिने उनले बताए ।