झापामा करेन्ट लागेर एक महिलाको मृत्यु

Newslaya Home

झापामा करेन्ट लागेर एक महिलाको मृत्यु

मङ्गलबार ०१, असार २०७८

झापा । झापामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

बुद्धशान्ति गाउँपालिका–३ की ४८ वर्षीय विष्णुमाया बाँस्कोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मंगलबार(आज) बिहान खेतमा राखिएको तारमा परी करेन्ट लागेर उनको मृत्यु भएको हो। बिजुलीको नाङ्गो तारमा छुन गई करेन्ट लागेर विष्णुमाया गम्भीर घाइते भएकी थिइन्।

घाइते भएकी उनलाई बिर्तासिटी अस्पतालमा लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हो। घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमणिबाट थप अनुसन्धान भइरहेको छ।