एलन मस्कले आफ्नो अन्तिम घर पनि बेच्ने

Newslaya Home

एलन मस्कले आफ्नो अन्तिम घर पनि बेच्ने

मङ्गलबार ०१, असार २०७८

काठमाण्डौ । टेस्लाका सिइओ एलन मस्कले बिक्री हुन बाँकी आफ्नो अन्तिम घर पनि बेच्ने भएका छन्।

एलनले सोमबार आफ्नो आधिकारिक ट्विटरमार्फत क्यालिफोर्नियास्थित बिक्री हुन बाँकी घर बेच्ने निर्णय गरेको अमेरिकी वेभसाइट इन्साइडरले जनाएको छ।

एलनले क्यालिफोर्नियामा रहेको घरलाई विशेष स्थान बताएका छन्। र, उनले यो घर एक ठूलो परिवारलाई बेच्ने इच्छा व्यक्त गरेका छन्।

एलनले पछिल्लो केही महिनादेखि आफ्नो सबै सम्पत्ति बेचेर रकम जम्मा गर्ने बताउँदै आएका छन्। जुन रकम उनी मंगल ग्रहमा बस्ती बसाउन प्रयोग गर्नेछन्। इन्साइटरका अनुसार उनी सन् २०५० सम्ममा १० लाख मानिसलाई मंगल ग्रहमा पुर्याउने योजनामा छन्।