जन्मियो अनौठो बाच्छो

Newslaya Home

जन्मियो अनौठो बाच्छो

मङ्गलबार ०१, असार २०७८

काठमाण्डौ । भारतको उत्तर प्रदेशस्थित चन्दौलीमा रहेको बरहुली गाउँमा एउटा गाईले अनौठो बाच्छो जन्माएको छ ।

भारतीय सञ्चार माध्यम आजतकका अनुसार बरहुली गाउँमा दुईवटा मुख, दुईवटा कान तथा चारवटा आँखा भएको बाच्छो जन्मिएको हो । उक्त अनौठो बाच्छो हेर्नका लागि टाढा टाढाबाट मानिहरुको भीड लाग्ने गरेको छ ।

स्थानीय अरविन्द यादव नामका किसानले पालेको गाईले आइतबार उक्त बाच्छो जन्माएको हो । हालसम्म उक्त बाच्छो स्वस्थ रहेको र कुनै समस्या नदेखिएको बताइएको छ ।

स्थानीय पशु चिकित्सकहरुले गाईको गर्भमा भ्रुण विकसित हुने क्रममा भएको विकारका कारण यस्तो बाच्छो जन्मिएको बताएका छन् ।