३८ श्रीमती र ८९ सन्तान रहेका चानाको ७६ वर्षको उमेरमा निधन

Newslaya Home

३८ श्रीमती र ८९ सन्तान रहेका चानाको ७६ वर्षको उमेरमा निधन

सोमबार ३१, जेठ २०७८

काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो परिवारका रुपमा लिइने भारतको पूर्वोत्तर राज्य मिजोरमको एक परिवारका मुली अर्थात प्रमुखको निधन भएको छ।

परिवारका मुली जियोना चानाको ७६ वर्षको उमेरमा आइतबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनका ३८ श्रीमती र ती श्रीमतीहरुबाट ८९ सन्तान रहेको उल्लेख छ।

मधुमेह तथा हाइपरटेन्सनका बिरामी चानाले आइतबार अन्तिम स्वास लिएका हुन्। तीन दिनदेखि उनलाई वक्तावंग गाउँमा रहेको घरमै उपचार गरिएको थियो। तर अवस्था गम्भीर बनेपछि अस्पताल पुर्याइएको थियो ।

विश्वको सबैभन्दा ठूलो मानिने चानाको परिवार मिजोरमको पहाडी गाउँ वक्तावंग तलंगनुममा बस्दै आएको छ। यो परिवार चार तलाको १०० कोठा युक्त घरमा बस्छ। यो परिवारलाई मिजोरमको पहिचानका रुपमा पनि लिने गरिन्छ। मिजोरम पुग्ने पर्यटकहरु यो परिवारको घरमा जाने गरेका छन्।